अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार बन्दुकधारीको अफगानी सुरक्षा बल र नेटोका सैनिकबीच गोली हानाहान भएको थियो ।

सोमबार बिहान करिब ४ बजे जर्मन सेनाले गोली हानाहानमा एक अफगानी सुरक्षा गार्डको मृत्यु भएको जानकारी दिएको छ । थप तीन जना घाइते भएको छ ।

अफगानिस्तान छोड्न चाहनेको भिड बढ्दा काबुल विमानस्थल अझै पनि अस्तव्यस्त रहेको मिडिया रिपोर्टमा बताइएको छ ।

आइतबार विमानस्थलमा भएको गोली हानाहानमा ७ जनाको मृत्यु भएको थियो ।

" /> अफगानिस्तानको काबुल विमानस्थलमा गोली हानाहान, १ गार्डको मृत्यु - Sarbocha Media

अफगानिस्तानको काबुल विमानस्थलमा गोली हानाहान, १ गार्डको मृत्यु

`

     २०७८ भाद्र ०७ गते ७:०४

काठमाडौँ, ७ भदौ । अफगानिस्तानको काबुल विमानस्थलमा गोली लागेर अफगानी सुरक्षा बलका १ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार बन्दुकधारीको अफगानी सुरक्षा बल र नेटोका सैनिकबीच गोली हानाहान भएको थियो ।

सोमबार बिहान करिब ४ बजे जर्मन सेनाले गोली हानाहानमा एक अफगानी सुरक्षा गार्डको मृत्यु भएको जानकारी दिएको छ । थप तीन जना घाइते भएको छ ।

अफगानिस्तान छोड्न चाहनेको भिड बढ्दा काबुल विमानस्थल अझै पनि अस्तव्यस्त रहेको मिडिया रिपोर्टमा बताइएको छ ।

आइतबार विमानस्थलमा भएको गोली हानाहानमा ७ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?