काठमाडौँ, ७ भदौ । अफगानिस्तानको काबुल विमानस्थलमा गोली लागेर अफगानी सुरक्षा बलका १ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार बन्दुकधारीको अफगानी सुरक्षा बल र नेटोका सैनिकबीच गोली हानाहान भएको थियो ।
सोमबार बिहान करिब ४ बजे जर्मन सेनाले गोली हानाहानमा एक अफगानी सुरक्षा गार्डको मृत्यु भएको जानकारी दिएको छ । थप तीन जना घाइते भएको छ ।
अफगानिस्तान छोड्न चाहनेको भिड बढ्दा काबुल विमानस्थल अझै पनि अस्तव्यस्त रहेको मिडिया रिपोर्टमा बताइएको छ ।
आइतबार विमानस्थलमा भएको गोली हानाहानमा ७ जनाको मृत्यु भएको थियो ।




