एजेन्सी, ३१ साउन । अफगानिस्तानको राजधानी काबुलमा तालिवानले लगातार आक्रमण गरिरहेको छ ।
तालिवानको नियन्त्रणपछि अफगानिस्तानका आन्तरिक मामिलामन्त्रीले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।
अलजजिराका अनुसार राजधानी काबुलमा अहिले अफगानिस्तान सरकार र तालिवानबीच सत्ता हस्तान्तरणबारे वार्ता चलिरहेको छ ।




