काठमाडौँ, २८ साउन । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ३२६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ, भ्ने ३२ जनाले ज्यान गुमाएका छन् ।
सोही अवधीमा २२९४ जना संक्रमणमुक्त भएका छन् ।
ससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख २५ हजार ७६९ जना पुगेको छ भने एन्टिजेन विधिबाट ७२ हजार ८८२ जना पुगेको छ । संक्रमितमध्ये ६ लाख ७७ हजार ३७७ संक्रमणमुक्त भएका छन् भने १० हजार २१२ जनाको मृत्यु भएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको छ ।




