काठमाडौँ, २७ साउन । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान घिसिङले नियुक्ती पत्र बुझेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
आज ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा पुगेर घिसिङले नियुक्ती पत्र बुझेका हुन् ।




