काठमाडौँ, २६ साउन। नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । हिजो सुनको मूल्य प्रतितोला ८९ हजारमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार २ सय ५० रहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य १२१५ मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२०५ कायम गरिएको महासंघले जनाएको छ ।




