काठमाडौं, २२ साउन । अमेरिकाले हङकङका बासिन्दालाई अस्थायीरुपमा बस्न दिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले यस्तो घोषणा गरेका हुन् ।
बाइडनले चीनले हङकङको स्वतन्त्रता खोसेको आरोप पनि लगाएका छन् ।
बेलायतले यसअघि नै हङकङका नागरिकलाई आफ्नो मुलुकको नागरिक बन्ने बाटो खोल्ने निर्णय गरिसकेको छ ।
अमेरिकी राष्ट्रपति बाइडनले चीनले निरन्तर आफ्नो मुलुकमा बाँकी रहेको प्रजातान्त्रिक प्रक्रियाको अवमूल्यन गरिरहेको बताएका छन् ।
अमेरिकास्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ पेन्गुले अमेरिकाको यो कदमको आलोचना गर्दै चीनको आन्तरिक मामिलामा हस्तक्षेप भएको बताएका छन् । गत जनवरीमा बेलायतले नयाँ सुरक्षा कानुन अन्तर्गत रहेर हङकङका कम्पनीसँग काम नगर्न आफ्नो मुलुकका कम्पनीलाई सचेत गराएको थियो ।
बेलायती विदेशमन्त्री डोमिनिक राबले अहिले अमेरिकी राष्ट्रपतिले गरेको निर्णयको स्वागत गरेका छन् ।




