काठमाडौं, १९ साउन । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जोगेश्वर गौतमको सरुवा भएको छ ।
उनलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवामा पठाइएको छ भने युनिफाइड केन्द्रीय अस्पतालमा डा.भुपेन्द्र बस्नेतलाई पठाइएको छ ।
यसअघि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेको सरुवालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेबहादुर देउवाले रोकेका थिए ।




