काठमाडौं, १७ साउन । आइतबार सुनको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५ सयले घटेर प्रतितोला ९२ हजार ४ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रही प्रतितोला १२८५ मा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।




