काठमाडौं, १३ साउन । बुधबार सुनको मुल्यमा वृद्धि हुँदा चाँदीको मुल्यमा भने गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले बढेर प्रतितोला ९२ हजार १ सयमा कारोबार भइरहेको छ । भने चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १२५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुन तोलाको ९१ हजार ८ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रहेको छ ।




