बुधबार बिहान करिब साढे ३ बजेतिर दाङ घोराही उपमहानगरपालिका ३ गोग्लीमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

उनीहरू शंकास्पद अवस्थामा हिँडिरहेको फेला पारेपछि नियमित चेकिङमा खटिएको प्रहरी टोलीले रोकेर चेकजाँच गर्दा सिमेन्टको बोराभित्र टाटेपाटे बाघको छाला फेला परेको थियो।

त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पुच्छरदेखि टाउकोसम्म ५ फिट २ इन्च लम्बाइ र छातीको भागको चौडाइ १ फिट ४ इन्च भएको नंग्रा र जुँगासहितको छाला फेला परेको प्रहरीले जनाएको छ।

" /> बाघको छालासहित २ जना पक्राउ - Sarbocha Media

बाघको छालासहित २ जना पक्राउ

`

     २०७८ श्रावण ०६ गते ९:५८

दाङ, ६ साउन । दाङमा प्रहरीले बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका ९ बस्ने ३२ वर्षीय रामबहादुर दमाईं र रुकुम पश्चिम मुसिकोट नगरपालिका १० चौखाबाङ बस्ने ५४ वर्षीय पूर्णसिंह सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बुधबार बिहान करिब साढे ३ बजेतिर दाङ घोराही उपमहानगरपालिका ३ गोग्लीमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

उनीहरू शंकास्पद अवस्थामा हिँडिरहेको फेला पारेपछि नियमित चेकिङमा खटिएको प्रहरी टोलीले रोकेर चेकजाँच गर्दा सिमेन्टको बोराभित्र टाटेपाटे बाघको छाला फेला परेको थियो।

त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पुच्छरदेखि टाउकोसम्म ५ फिट २ इन्च लम्बाइ र छातीको भागको चौडाइ १ फिट ४ इन्च भएको नंग्रा र जुँगासहितको छाला फेला परेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?