झापा, ३१ असार । झापाको गौरादह नगरपालिका–१ गेउरियाचोक नजिकै एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
३९ वर्षीया संगीता टुडु मृत अवस्थामा बिहीबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए ।
मृतकका श्रीमान् भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




