एजेन्सि, ३० असार । कोरोना भाइरसको कारण हालसम्म विश्वभर ४० लाख ४८ हजारको ज्यान लिएको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ४८ हजार ९०३ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ७७ लाख ९८ हजार ८५५ जना रहेका छन ।
विश्वभर तीन अर्ब ४९ करोड ५२ लाख ४१ हजार ४८० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।




