काठमाडौँ, १५ असार । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का दुई हजार ६३६ जना संक्रमित थपिएका छन् ।
उक्त अवधिमा २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ हजार ७१ पुगेको छ ।
हाल देशभर कोरोनाका कारण सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट चार हजार ३४८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।




