काठमाडौँ, १४ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५१४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौँमा ३५५, भक्तपुरमा ४७ र ललितपुरमा ११२ जना संक्रमित रहेका छन् ।
उपत्यकामा हाल ८ हजार ३ सय ९७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।




