गोरखा, २ असार । आरुघाट गाउँपालिका–२ स्थित ठोटनेरी खोला तर्ने क्रममा बेपत्ता बर्दियाको राजापुर नगरपालिका–७ का गोविन्द चौधरीको शव भेटिएको छ ।
खोलाले बगाएको स्थानबाट करिब दुई किलोमिटर टाढा मान्द्रेथोक भन्ने स्थानमा बुधबार उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रहरीका अनुसार खोलामा ढुङ्गाको चेपुवामा उनको शव फेला परेको हो ।
चौधरीलाई मंगलबार बिहान खोलाले बगाएको थियो । स्थानीयको सहयोगमा प्रहरीले उनको खोजी कार्य गरेको थियो ।




