काठमाडौँ, २ असार । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिने भएको छ । नेता खनाललाई बुधवार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको उनको सचिवालयले जनाएको छ।
स्वास्थ्यमा समस्या आएपछि जेष्ठ ३१ गतेदेखि काठमाडौँस्थित नर्भिक अस्पतालमा खनाल भर्ना भएका थिए ।
उनलाई ९ दिन ज्वरो आएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो। खनाल यसअघि कोरोना संक्रमित भई संक्रमणमुक्त भएका थिए।
खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ। खनालको सचिवालयका अनुसार उनकी श्रीमती, छोरा र एक जना चिकित्सक दिल्ली जानेछन्।




