उनलाई ९ दिन ज्वरो आएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो। खनाल यसअघि कोरोना संक्रमित भई संक्रमणमुक्त भएका थिए।

खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ। खनालको सचिवालयका अनुसार उनकी श्रीमती, छोरा र एक जना चिकित्सक दिल्ली जानेछन्।

" /> नेता खनाललाई उपचारका लागि दिल्ली लगिँदै - Sarbocha Media

नेता खनाललाई उपचारका लागि दिल्ली लगिँदै

`

     २०७८ आषाढ ०२ गते ६:०७

काठमाडौँ, २ असार । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिने भएको छ । नेता खनाललाई बुधवार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको उनको सचिवालयले जनाएको छ।

स्वास्थ्यमा समस्या आएपछि जेष्ठ ३१ गतेदेखि काठमाडौँस्थित नर्भिक अस्पतालमा खनाल भर्ना भएका थिए ।

उनलाई ९ दिन ज्वरो आएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो। खनाल यसअघि कोरोना संक्रमित भई संक्रमणमुक्त भएका थिए।

खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ। खनालको सचिवालयका अनुसार उनकी श्रीमती, छोरा र एक जना चिकित्सक दिल्ली जानेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?