काठमाडौँ, ३१ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौँमा ३९६ जना, भक्तपुरमा ६६ जना र ललितपुरमा १४५ जना कोरोना संक्रमित थपिएका हुन् ।
२४ घण्टामा देशभर थप २९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।




