काठमाडौँ, २७ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रोतितोला ३ सय रुपैयाँले घटेको छ। बिहीबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।
तेजावी सुनको भाउ प्रतितोलाको ९३ हजार ४ रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।




