काठमाडौँ, २४ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।
आज छापावाला सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ भने, तेजाबी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
साथै आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३ सय ५० रुपैयाँ कारोबार भएको छ ।




