काठमाडौँ, ४ जेठ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ६ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा काठमाडौँमा २ हजार ४९ जना, भक्तपुरमा २ सय २१ जना र ललितपुरमा ३ सय ६५ जना कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मंगलबार देशभर थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १९६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।




