काठमाडौँ, २९ वैशाख। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३ हजार ९ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा काठमाडौँमा ३ हजार २ सय ५०, भक्तपुरकामा २ सय २६ र ललितपुरमा ४ सय ४८ जना संक्रमित रहका छन् ।
यस्तै एकै दिनमा देशभर ९ हजार ३ सय ५ जना कोरोना संक्रमित थपिएका छन् भने १६८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।




