काठमाडौँ, २९ वैशाख। सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोलामा ३ सय रुपैयाँले घटेको छ ।
मंगलबार ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार रुपैयाँ कायम भएको जनाएको छ ।
तेजाबी सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँमा झरेको छ ।
योसँगै चाँदीको भाउ भने स्थिर रहेको छ । बुधबार पनि प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कायम भइ रहेको छ । देशका अधिकांश सहरमा निषेधाज्ञा भएका कारण सुनको कारोबार भने ठप्प रहेको महासंघले जनाएको छ ।




