काठमाडौं, २१ माघ । आज सुनको भाउ घटेको छ । मङ्गलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला ५सय घटेर ७६ हजार रुपैयाँमा झरेको छ ।

सोमबार र आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी प्रती तोलामा १० रुपैयाँ घटेर आठ सय ८० भएको जनाइएको छ ।




