काठमाडौँ, १५ वैशाख । बुधबार सुनको भाउ प्रतितोलामा ७ सयले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकै दिन ७ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।
त्यस्तै तेजाबी सुनको भाउ प्रतितोला ९० हजार रुपैयाँ कारोबार भएको छ ।
यता, चाँदीको मूल्य पनि गत मंगलबारको तुलनामा तोलामा १० रुपैयाँले घट्दै बुधबार १ हजार ३ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




