उनीहरूलाई आज (शुक्रवार) साँझ ५ बजे शपथ गराउने तयारी गरेका छन् ।

माओवादी केन्द्र परित्याग गरेका रायमाझी, साह, चौधरी र भट्टलाई केही दिनअघि पार्टीले दल त्यागको सूचना संसद् सचिवालयमा पठाएको थियो ।

उनीहरूलाई राष्ट्रपति भण्डारीले धारा ७८ (१) अनुसार मन्त्री पदमा पुनः शपथ गराउन लागेकी हुन् । ४ जना नै यसअघि सम्बन्धित मन्त्रालयका मन्त्री रहेका थिए ।

यसअघि अर्थमन्त्री युवराज खतिवडाले सोही प्रावधानअन्तर्गत पुनर्नियुक्ति पाएका थिए ।

" /> राष्ट्रपतिद्वारा ४ मन्त्रीलाई गरिन् पुनर्नियुक्ति - Sarbocha Media

राष्ट्रपतिद्वारा ४ मन्त्रीलाई गरिन् पुनर्नियुक्ति

`

     २०७७ चैत्र २७ गते ९:१४

काठमाडौँ, २७ चैत। राष्ट्रपति विद्यादेवी भण्डारीले पद मुक्त भएका ४  जना मन्त्रीहरूलाई पुनर्नियुक्ति गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले ऊर्जा मन्त्रीमा टोपबहादुर रायमाझी, सहरी विकास मन्त्रीमा प्रभु साह, उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा गौरीशङ्कर चौधरीलाई पुनर्नियुक्ति गरेकी हुन् ।

उनीहरूलाई आज (शुक्रवार) साँझ ५ बजे शपथ गराउने तयारी गरेका छन् ।

माओवादी केन्द्र परित्याग गरेका रायमाझी, साह, चौधरी र भट्टलाई केही दिनअघि पार्टीले दल त्यागको सूचना संसद् सचिवालयमा पठाएको थियो ।

उनीहरूलाई राष्ट्रपति भण्डारीले धारा ७८ (१) अनुसार मन्त्री पदमा पुनः शपथ गराउन लागेकी हुन् । ४ जना नै यसअघि सम्बन्धित मन्त्रालयका मन्त्री रहेका थिए ।

यसअघि अर्थमन्त्री युवराज खतिवडाले सोही प्रावधानअन्तर्गत पुनर्नियुक्ति पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?