काठमाडौँ, २२ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ७६ जना कोरोना संक्रमित थपिएका छन्।
२४ घण्टामा ३ हजार ४ सय ५६ जनाको पिसिआर परीक्षण गर्दा यो संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
नेपालमा कुल संक्रमितको संख्या २ लाख ७७ हजार ९ सय ४४ जना पुगेको छ। जसमध्ये हालसम्म १ हजार ६ सय ७२ जना सक्रिय संक्रमित रहेको जनाएका छ ।
नेपालमा हालसम्म २२ लाख ८५ हजार २ सय ८८ वटा नमुनाको पिसिआर परीक्षण गरिएको छ।
यस्तै,आज एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३२ पुगेको छ।
हाल ५७ जना क्वारेन्टाइनमा रहेका छन्। योसँगै आज १ सय १७ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै नेपालमा संक्रमणमुक्त हुनेका संख्या २ लाख ७३ हजार २ सय ४० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।




