काठमाडौँ, २० चैत । नेपाली बजारमा सुनको भाउ प्रतितोलामा ९ सले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोलामा रू ८६ हजार ५ सयमा कारोवार भएको छापावाला सुन शुक्रबार रु ९ सयले बढेर प्रतितोलामा रू ८७ हजार ४ सयमा कारोवार भएको जनाएको हो ।
त्यसैगरी आज तेजाबी सुन तोलामा रु ८६ हजार ९५० मा कारोवार भएको छ । हिजो तेजाबी सुन तोलामा रु ८६ हजार ५० मा कारोवार भएको थियो ।
साथै शुक्रबार चाँदी प्रतितोलामा रू १ हजार २ सय ४० मा कारोवार भइरहेको महासंघले जनाएको छ ।




