काठमाडौँ, १५ चैत । सोलुखुम्बु, माप्य दुधकोशी गाउँपालिका–७ बस्ने २७ बर्षीय दिल कुमार राईलाई १ थान अवैध भरुवा बन्दुक सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी वाकुबाट खटिएको प्रहरीले राईलाई सोही ठाउँस्थित ओढारमा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
बैतडी, मेलौली नगरपालिका–३ ढणन बस्ने २५ बर्षीय लक्ष्मण चन्दको घरबाट १ थान एकनाले अवैध भरुवा बन्दुक गएराति प्रहरीले बरामद गरेको छ ।
भरुवा बन्दुक पड्किदा चन्द घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सलेनाबाट खटिएको प्रहरीले उनको घरबाट उक्त बन्दुक बरामद गरीएको छ ।
घाइते चन्दलाई मेडिकल कलेज कोहलपुर बाँके हुँदै थप उपचारको लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ पठाइएको जनाएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




