काठमाडौँ, २८ फागुन । पत्रकार सुशील शर्माको निधन भएको छ ।
काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार ६३ वर्षका शर्माको दिउँसो २ बजेर १० मिनेटमा निधन भएको परिवारका सदस्यले बताएका छन् ।
उनले लामो समय बीबीसीमा काम गरेका थिए । शर्माका श्रीमती र १ छोरा रहेका छन् ।
शर्माको शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने भएको छ ।




