सुनसरी, १९ माघ । बस र माइक्रो ठोक्किँदा चार जनाको ज्यान गएको छ, भने ६ जना घाइते भएका छन् । बा ५ ख ३१५७ नम्बरको माइक्रो र ६ ख ७९५ नम्बरको बस दुर्घटना भएको हो ।
आइतबार बिहान जिल्लाको रामधुनी नगरपालिका २ मा बस र माइक्रो ठोक्किँदा चालकसहित ४ को मृत्यु भएको र ६ जना घाइते भएका जनाइएको छ ।
दुर्घटनामा ज्यान गएकाहरु बा ५ ख ३१५७ नम्बरको माइक्रो चालक दिपक खड्का, यात्रुहरु झापा भद्रपुरका डोलकुमारी कोइराला, गरिमा गौतम र हेमराज कोइराला रहेका छन्।

घाइतेहरुलाई उपचारका लागि स्थानीय र विभिन्न अस्पताल पुर्याइएको जनाइएको छ ।




