advertisement

घाइतेहरुलाई उपचारका लागि स्थानीय र विभिन्‍न अस्पताल पुर्‍याइएको जनाइएको छ ।

" /> बस र माइक्रो ठोक्किँदा चार जनाको ज्यान गयाे, ६ जना घाइते - Sarbocha Media

बस र माइक्रो ठोक्किँदा चार जनाको ज्यान गयाे, ६ जना घाइते

`

     २०७६ माघ १९ गते ६:०५

सुनसरी, १९ माघ । बस र माइक्रो ठोक्किँदा चार जनाको ज्यान गएको छ, भने ६ जना घाइते भएका छन् । बा ५ ख ३१५७ नम्बरको माइक्रो र ६ ख ७९५ नम्बरको बस दुर्घटना भएको हो ।

आइतबार बिहान जिल्लाको रामधुनी नगरपालिका २ मा बस र माइक्रो ठोक्किँदा चालकसहित ४ को मृत्यु भएको र ६ जना घाइते भएका जनाइएको छ ।

दुर्घटनामा ज्यान गएकाहरु बा ५ ख ३१५७ नम्बरको माइक्रो चालक दिपक खड्का, यात्रुहरु झापा भद्रपुरका डोलकुमारी कोइराला, गरिमा गौतम र हेमराज कोइराला रहेका छन्।

advertisement

घाइतेहरुलाई उपचारका लागि स्थानीय र विभिन्‍न अस्पताल पुर्‍याइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?