गत माघ ३० गतेदेखि सम्झना हराएकी भन्ने निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा फागुन १७ गते स्थानीयले शवको गन्ध आएको भन्ने खबर दिएपछि घरदेखि अन्दाजी ५५ मिटर टाढा उनको शव फेला पारेको थियो । लाल बहादुर खत्री उपर जिल्ला अदालत गुल्मीबाट ७ दिनको म्याद थप गरी घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

कैलाली, गोदावरी नगरपालिका–५ गेटा बस्ने ३५ वर्षीय छोटु भन्ने शिवचरण रानालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३७ वर्षीया जयन्ती चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

गोदावरी नगरपालिका५ गेटास्थित गेटादेखि श्रीपुर जाने बाटोको निर्माणाधिन नालीको खाल्डोमा फागुन १५ गते राना मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले घटनामा संलग्न चौधरीलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा चौधरी मुख्य योजनाकार रहेको र उनकै निर्देशन तथा संलग्नतामा अन्य दुई जना व्यक्तिहरुले रानाको हत्या गरेको खुल्न आएको हो ।

घटनामा संलग्न अन्य फरार अभियुक्तहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

" /> हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ - Sarbocha Media

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ

`

     २०७७ फाल्गुन २१ गते ८:४२

गुल्मी, २१ फागुन । रेसुङ्गा नगरपालिका–३ बस्ने सम्झना बोहरा खत्रीको हत्यामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने लाल बहादुर खत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

गत माघ ३० गतेदेखि सम्झना हराएकी भन्ने निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा फागुन १७ गते स्थानीयले शवको गन्ध आएको भन्ने खबर दिएपछि घरदेखि अन्दाजी ५५ मिटर टाढा उनको शव फेला पारेको थियो । लाल बहादुर खत्री उपर जिल्ला अदालत गुल्मीबाट ७ दिनको म्याद थप गरी घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

कैलाली, गोदावरी नगरपालिका–५ गेटा बस्ने ३५ वर्षीय छोटु भन्ने शिवचरण रानालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३७ वर्षीया जयन्ती चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

गोदावरी नगरपालिका५ गेटास्थित गेटादेखि श्रीपुर जाने बाटोको निर्माणाधिन नालीको खाल्डोमा फागुन १५ गते राना मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले घटनामा संलग्न चौधरीलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा चौधरी मुख्य योजनाकार रहेको र उनकै निर्देशन तथा संलग्नतामा अन्य दुई जना व्यक्तिहरुले रानाको हत्या गरेको खुल्न आएको हो ।

घटनामा संलग्न अन्य फरार अभियुक्तहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?