पक्राउ पर्नेहरूमा सल्यान बाघचौर नगरपालिका–३ चौरपानी वस्ने ३१ वर्षीय जित बहादुर डिसी, सल्यान कुमाख गाउँपालिका–७ वस्ने २१ वर्षीय कमल डिसी र सोही गाउँपालिका–३ मर्म पोडिकारा बस्ने २४ वर्षीय हिमेन्द्र वली रहेका छन् ।

चितुवाको छाला ओसारपसार भईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा जित बहादुरले बोकेको झोलाबाट २ थान चितुवाको छाला फेला पारी खरिदविक्री कारोवारमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

" /> चितुवाको छाला सहित ३ जना पक्राउ - Sarbocha Media

चितुवाको छाला सहित ३ जना पक्राउ

`

     २०७७ फाल्गुन १० गते १:०५

बाँके, १० फागुन । राप्तीसोनारी गाँउपालिका–१ कुसुमस्थित सडकबाट २ थान चितुवाको छाला सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सल्यान बाघचौर नगरपालिका–३ चौरपानी वस्ने ३१ वर्षीय जित बहादुर डिसी, सल्यान कुमाख गाउँपालिका–७ वस्ने २१ वर्षीय कमल डिसी र सोही गाउँपालिका–३ मर्म पोडिकारा बस्ने २४ वर्षीय हिमेन्द्र वली रहेका छन् ।

चितुवाको छाला ओसारपसार भईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा जित बहादुरले बोकेको झोलाबाट २ थान चितुवाको छाला फेला पारी खरिदविक्री कारोवारमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?