झापा, ५ पलागुन। आफ्नै श्रीमती हत्या गरेको आरोपमा झापामा एक पुरुष पक्राउ परेका छन् ।
भद्रपुर नगरपालिका–७ का ५८ वर्षीय साहेबा उराउलाई प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेका हुन् ।
उनले सोमबार घरयासी विवाद हुँदा श्रीमती ६० वर्षीया फिल्सिता उराउको टाउँकोमा ढुंगा प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।




