काठमाडौँ, १९ माघ । नेपाली बजारमा दोस्रोबार पनि सुनको भाउ बढेको छ । आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९२ हजार ६०० रुपैयाँमा कायम हुन पुगेको छ ।
साथै तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।
योसँगै सोमबार चाँदीको पनि भाउ बढेको छ। आइतबार तोलामा १३२० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर तोलामा १४०० रुपैयाँमा कायम भएकोे छ ।




