काठमाडौं, २५ पुस । काठमाडौंको टोखामा श्रीमतीले श्रीमानको हत्या गरी आफूले पनि आत्महत्या गरेकी छन् ।
श्रीमती सुदिक्षा गिरीले आफ्नो केही हप्ता अगाडिमात्र अमेरिकाबाट फर्किएका श्रीमान उमेश केसीको हत्या गरी झुण्डिएर आत्महत्या गरेकी जनाइएको छ ।
उनीहरु ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा बस्दै आएको बताइएको छ । सुर्खेत घर भएका उनीहरुबीच केही दिनयता विवाद हुँदै आएको थियो ।

गएराति श्रीमान बेडरुममा लडिरहेको अवस्थामा फेला परेका थिए भने श्रीमती सुदिक्षा कोठाभित्रै झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।




