गएराति श्रीमान बेडरुममा लडिरहेको अवस्थामा फेला परेका थिए भने श्रीमती सुदिक्षा कोठाभित्रै झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

" /> काठमाडौंको टोखामा श्रीमानको हत्या गरेर श्रीमतीले झुण्डिएर गरिन् आत्महत्या - Sarbocha Media

काठमाडौंको टोखामा श्रीमानको हत्या गरेर श्रीमतीले झुण्डिएर गरिन् आत्महत्या

`

     २०७७ पौष २५ गते ५:३६

काठमाडौं, २५ पुस । काठमाडौंको टोखामा श्रीमतीले श्रीमानको हत्या गरी आफूले पनि आत्महत्या गरेकी छन् ।

श्रीमती सुदिक्षा गिरीले आफ्नो केही हप्ता अगाडिमात्र अमेरिकाबाट फर्किएका श्रीमान उमेश केसीको हत्या गरी झुण्डिएर आत्महत्या गरेकी जनाइएको छ ।

उनीहरु ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा बस्दै आएको बताइएको छ । सुर्खेत घर भएका उनीहरुबीच केही दिनयता विवाद हुँदै आएको थियो ।

गएराति श्रीमान बेडरुममा लडिरहेको अवस्थामा फेला परेका थिए भने श्रीमती सुदिक्षा कोठाभित्रै झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?