बुटवल, १२ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल समूहले आज लुम्बिनी प्रदेशका ९ जिल्लामा जिल्लास्तरीय भेला गर्दैछ ।

उनीहरुको समूहले प्रदेशका १२ जिल्लामध्ये रोल्पा, नवलपरासी पश्चिम र प्युठान बाहेकका ९ जिल्लामा भेला गर्न लागेका हुन् । जिल्ला भेलालाई सम्बोधन गर्न नेकपाका शीर्ष नेताहरु आउँदैछन् ।




