काठमााडौं, १५ माघ । मुलुकका विभिन्न स्थानहरुमा आज र भोलि पानी र हिउँ पर्ने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बुधबार र बिहीबार धेरै ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको छ ।

आज र भोलि पश्चिमी र मध्य भू–भागका धेरै स्थानहरुमा र पूर्वी भेगका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहने छ भने उच्च पहाडी तथा हिमाली भु–भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।




