काठमाडौं, ९ पुस । काठमाडौंको बल्खुस्थित सिता पेट्रोलपम्प नजिक पिकअप भ्यानको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
बुधबार साँझ ठक्कर दिँदा नवलपरासीको देवचुली नगरपालिका–१४ घर भएका २७ वर्षीय ज्ञानु अधिकारीको ज्यान गएको प्रहरीले बताएको छ ।
बा २१ च ५०६४ नम्बरको पिक अप भ्यानले पैदल हिँड्दै गरेका अधिकारीलाई बुधबार साँझ पौने ७ बजे ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार उनको बयोधा अस्पतालमा उपचारको क्रममा साँझ ७ बजे मृत्यु भएको छ । भ्यान चालक धादिङका राजु तामाङलाई बताइएको छ।




