काठमाडौं, ८ पुस । भिजिट भिसामा जाने क्रम बढेपछि यसलाई व्यवस्थित गर्न छानबिन समिति गठन गरिएको छ ।
गृह मन्त्रालयले रोजगारीका लागि भिजिट भिसामा जाने क्रम बढेपछि यसलाई व्यवस्थित गर्न छानबिन समिति गठन गरेको हो ।
भिजिट भिसा लगाएर कसरी श्रमिकहरु गन्तव्य देशमा पुगे भनेर समितिले अहिले छानबिन गरिरहेको जनाएको छ ।

पछिल्लो समय रोजगारीको लागि विभिन्न देशमा राम्रो काम र कमाइ भएको प्रलोभन देखाउने र लाखौं रुपैयाँ ठगी गर्ने प्रवृत्ति बढेको छ । यसलाई व्यवस्थित गर्न समिति गठन गरिएको हो ।




