बुटवल, ३० कात्तिक। रुपन्देहीको तिलोत्तमामा बाबुको चक्कु प्रहारबाट छोराको ज्यान गएको छ ।
शनिबार साँझ ४३ वर्षीय शेरबहादुर गुरुङले आफ्नै १९ वर्षीय छोरा पदमबहादुर गुरुङमाथि चक्कु प्रहार गर्दा मृत्यु भएको हो ।
मादक पदार्थ सेवन गरेका शेरबहादुरको चक्कु प्रहारबाट पदमबहादुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवल जानकारी दिएको छ ।

घटनामा संलग्न शेरबहादुरलाई शनिबार राति नै इलाका प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिरहेको छ ।




