एजेन्सी, ११ माघ । टर्कीको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प जादा १८ जनाको मृत्यु हुनुका साथै सैयौँको सङ्ख्यामा मानिसहरू घाइते भएका छन् ।
अधिकारीहरूका अनुसार टर्कीको पूर्वी क्षेत्रमा ६.८ रिक्टर स्केलमा म्याग्निट्यूड भुकम्प गएको छ । उक्त भूकम्पका कारण भवनहरू भत्किएका छन्।

भूकम्पको धक्का छिमेकी राष्ट्र सिरिया, लेबनन र इरानमा पनि महसुस गरिएको जनाइएको छ। टर्कीमा सन् १९९९ मा गएको ठूलो भूकम्पमा परेर करिब १७ हजारले ज्यान गुमाएका थिए।




