काठमाडौं, २९ असोज । ललितपुरको किस्ट अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित मृत्यु भएको छ ।
आज बिहान ललितपुर इमाडोलका ८५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। उनलाई यही असोज २० गते भर्ना गरिएको थियो ।

उपचारको क्रममा २१ गते पोजेटिभ रिपोर्ट आएको थियो ।




