काठमाडौं, १७ असोज । कोरोना भाइरसबाट भारतमा ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ ।
भारतमा कोरोना संक्रमणका कारण १ लाख ८७५ जनाको मृत्यु भइसकेको वर्ल्डोमिटर्सले जनाएको छ । त्यहाँ हालसम्म कुल संक्रमितको संख्या भने ६४ लाख ७१ हजार नाघेको छ ।

अहिलेसम्म भारतमा कुल ५४ लाख २५ हजार ७७ जना भने संक्रमुक्त भइसकेका छन् । हाल त्यहाँ सक्रिय संक्रमित ९ लाख ४५ हजार ९८२ जना मात्र रहेका छन् ।




