advertisement

उनकी बहिनीका अनुसार छोरा पाउने विषयलाई लिएर उक्त दम्पतीबीच नियमित रूपमा झगडा हुने गर्थ्यो। उनका भाइका अनुसार स्वास्थ्य अवस्था निकै गम्भीर भएपछि चिकित्सकहरूको सल्लाहमा उनलाई दिल्ली पुर्‍याइएको थियो।

" /> पतिले आफ्नै गर्भवती पत्नीको धारिलो हतियार प्रयोग गरी पेट चिरिदिएपछि.... - Sarbocha Media

पतिले आफ्नै गर्भवती पत्नीको धारिलो हतियार प्रयोग गरी पेट चिरिदिएपछि….

`

     २०७७ आश्विन ०६ गते ५:००

एजेन्सी, ६ असोज । भारतको उत्तर प्रदेशको बदायूँ जिल्लामा पतिले आफ्नै गर्भवती पत्नीको धारिलो हतियारले पेट चिरिदिएका छन् । उनले मृत बच्चा जन्माएको प्रहरीले जनाएको छ।

ती दम्पतीका पाँच जना छोरी रहेका र ती पुरुषले छोरा जन्माउन पत्नीलाई दबाव दिने गरेको महिलाको माइती पक्षले आरोप लगाएका छन्। उनीहरुले शिशुको लिङ्ग पहिचान गर्न उनलाई आक्रमण गरिएको पनि आरोप लगाएका छन् ।

पक्राउ परेका ती पुरुषले भने उक्त घटनालाई दुर्घटनाको सङ्ज्ञा दिँदै आफूले जानीजानी त्यस्तो कार्य नगरेको बताएका छन्। पेट चिरिएकी महिलालाई राजधानी दिल्लीस्थित अस्पतालमा राखिएको छ र उनको स्वास्थ्य अवस्था स्थिर रहेको बीबीसीमा उल्लेख छ ।

advertisement

उनकी बहिनीका अनुसार छोरा पाउने विषयलाई लिएर उक्त दम्पतीबीच नियमित रूपमा झगडा हुने गर्थ्यो। उनका भाइका अनुसार स्वास्थ्य अवस्था निकै गम्भीर भएपछि चिकित्सकहरूको सल्लाहमा उनलाई दिल्ली पुर्‍याइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?