advertisement

रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन हुन सकेको नभएको जनाइएको छ। बाढीका कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको बताइएको छ ।

" /> बागलुङमा गएराति १२ बजे आएको बाढीले कम्तिमा १० घर बगायो, करिब १२ जना बेपत्ता - Sarbocha Media

बागलुङमा गएराति १२ बजे आएको बाढीले कम्तिमा १० घर बगायो, करिब १२ जना बेपत्ता

`

     २०७७ भाद्र १८ गते २:०८

बागलुङ, १८ भदौ । बागलुङमा अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले कम्तिमा १० घर बगाएको छ भने  करिब १२ जना बेपत्ता भएका छन् ।

जिल्लाको ढोरपाटन नगरपालिका–९ मा बाढीले बगाउँदा १२ जना बेपत्ता भएका हुन् । स्थानीयका अनुसार सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको छ ।

अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा करिब १२ जना सम्पर्क विहीन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङले जानकारी दिएको छ ।

advertisement

रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन हुन सकेको नभएको जनाइएको छ। बाढीका कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?