रुपन्देही, ११ भदौ । रुपन्देहीमा एक जना कोरोना संक्रमितको ज्यान गएको छ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको ज्यान गएको हो ।
कोरोनाबाट ज्यान गएको उनी गत भदौ ५ गते अस्पतालमा भर्ना भएका थिए । कपिलवस्तु–१ तौलिहवाका ५० वर्षीय पुरुषको बुधबार राति १० : ४५ बजे मृत्यु भएको जनाइएको छ । उनमा उच्च रक्तचाप, मधुमेह र मिर्गौलाको रोग रहेको बताइएको छ ।

मृतकलाई यसअघि मुटु अस्पतालमा राखी डायलसिस गरिराखिएको र कोरोना संक्रमण पुिष्ट भएपछि कोरोना विशेष अस्पतालमा राखी उपचार गरिरहेको थियो ।




